धनगढी पोष्ट
शनिबार, १७ माघ २०७७ मा प्रकाशित
धनगढी,
ओली सरकार गठन भएको केही समयमै बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई हाल सम्म पनि न्याय दिलाउन सककेको भन्दै नेकपा प्रचण्ड समुहका अध्यक्ष माधब नेपालले जनतालाई न्याय दिन नसक्ने नेता कम्युनिष्ट हुनै नसक्ने बताए ।
‘उहाँले जनताका पक्षमा कहिल्यै सोच्नुभएन’ प्रचण्ड समुहको सुदूरपश्चिम प्रदेश कमिटिद्वारा धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले भने–‘भ्रष्ट र जालझेल गर्नेलाई मात्रै संरक्षण गर्न थाल्नुभयो, त्यसो नगरौभन्दा संविधान नै विधटन गरेर सारा जनतालाई झन दुःख दिए ।’
उनले प्रधानमन्त्री केपि शर्मा ओली कहिल्यै लोकतन्त्र र गणतन्त्रको पक्षमा नभएको आरोप लगाए । ‘कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइराला, प्रचण्ड र मेरो विचमा भएको १२ बुदे सहमति पछि देशमा संविधान बनेको हो’ अध्यक्ष नेपालले भने–‘केपि ओली देशमा दोन्दमा गुफा भित्र बसेका थिए, अहिले सम्मका कुनै पनि आन्दोलनमा उनको भूमीका नै छैन ।’
उनले ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नु भ्रम मात्रै हुने बताए । ‘केपीले कुनै पनि हालतमा चुनाव गराउँदैनन्’ नेपालले भने–‘ओलीको स्वार्थ देश अस्तव्यस्त बनाउनु हो, त्यही मार्गमा अहिले हिडिरहेका छन्, जनताले समयमै सचेत हुन जरुरी छ ।’