धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

नेकपा प्रचण्ड माधव समुहद्वारा धनगढीमा राकेजुलुस

नेकपा प्रचण्ड माधव समुहद्वारा धनगढीमा राकेजुलुस

धनगढी

 संवैधानि आयोगका पदाधिकारीको नियुक्ति विरुद्ध नेकपा प्रचण्ड, माधव समुहले बिहीबारकालागि आह्वान गरेको एक दिने हड्तालको पूर्व सन्ध्यामा धनगढीमा राकेजुलुस निकालिएको छ ।

 नेकपा प्रचण्ड, माधव समुहको आयोजनामा निकालिएको राकेजुलुसमा सरकार तथा प्रधानमन्त्री केपि शर्मा ओलीका विरुद्ध नाराबाजी गरिएको थियो ।

 कार्यक्रममा बाल्दै नेकपा प्रचण्ड, माधव समुहका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रमेश धामीले सरकारबाटै एक पछि अर्को गर्दै संविधान विपरितका कामहरु हुनथालेका कारण त्यसको विराधमा एक दिने हड्ताल आह्वान गरिएको बताए ।

 बहुमतको सरकार हुँदाहुँदै प्रधानमन्त्रीले असंवैधानिक तरिकाले संसद विधटन गरे उनले भने–‘त्यतिले मात्रै पुगेन भनेर गैर कानूनी रुपमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिएको छ, हामी तयासेका कडा विरोध गर्दछौं ।

 उनले सरकारका असंवैधानिक कदमका विरुद्ध निरन्तर आन्दोलन गर्ने बताए । साथै बिहीबार आह्वान गरिएको बन्दलाई सशक्तरुपमा कार्यान्वयन गरिने र कसैले अबज्ञा गरे त्यसको जिम्मेवारी आफै हुन पनि उनले आग्रह गरे ।