धनगढी पोष्ट
बिहिबार, २२ माघ २०७७ मा प्रकाशित
धनगढी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा सहित ५ बुदे माग राख्दै नेपाल विद्यार्थी संघले काठमाण्डौं स्थित त्रिभुवन विश्वविद्यालय उप–कुलपतिको कार्यालयमा अनिश्चित कालिन रिले अनसन सुरु गरेका छन् ।
स्ववियु निर्वाचको मिति तत्काल घोषणा गरिनुपर्ने, त्रिविको क्यालेण्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने, यस अघि सञ्चालन भएका सवै परिक्षाको नतिजा १ महिना भित्र प्रकाशन गरिनुपर्ने, त्रिवि र नेवि संघ विच भएको २२ बुदे सहमति कार्यान्वयन हुनुपर्ने, टियूका प्राध्यपक तथा विद्यार्थीमाथी लगाइएका झटा मुद्धा खारेज गरिनुपर्ने माग राखेर अनिश्चितकालिन रिले अनसन सुरु गरिएको नेवि संघ त्रिवि समितिका कार्यवाहक अध्यक्ष गणेश भण्डारीले बताए ।
त्रिवि समिति कार्यबाहक अध्यक्ष गणेश भण्डारी, नेबि संघका नेता शशिन्द्र मोहन राज, मेघ कार्की, नेत्र पडेल, नेबि संघका महामन्त्री दिपक भट्टराई, शिव रिमाल श्याम चन्द्र अधिकारी, भुबन भट्ट लगायत युवा नेताले अनसन सुरु गरेका हुन् ।