धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

संसद पुर्नस्थापना गर्न अनेम संघको माग

संसद पुर्नस्थापना गर्न अनेम संघको माग

धनगढी

 प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै अखिल नेपाल महिला संघ कैलालीले संसद पुर्नस्थापना गर्न प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुक्रएका छन् ।

 आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत  प्रचण्डमाधव समुहको अनेम संघ कैलालीले संसद पुर्नस्थापना गरी देशमा बढ्दो अशान्ति र अस्थिरताको अन्त्य गर्न आग्रह गरेको छ ।

  असंवैधानिक रुपमा गरिएको संसद विघटनका कारण देशमा अस्थिरता र दोन्द बढ्ने अवस्था सिर्जजा भएको छ विज्ञप्ति मार्फत प्रधानमन्त्रीलाई भनिएको छ, त्यस कारण प्रधानमन्त्री ज्यूले जनतासामु माफि मागदै संसद पुर्नस्थापना गर्नुपर्दछ, नभए तपाई विरुद्ध हामी महिला शशक्त भएर आन्दोलन गर्न बाधय हुनेछौं ।

 ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले तत्कालै सो पत्र गृहमन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयमा पठाउने बताए ।

भागरती भट्टका हत्यारा तत्काल पक्राउ गर्न माग

 अनेम संग कैलालीले बैतडीकी भागरथी भट्टका हत्यारा तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ ।

 आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनेम संघ कैलालीकी अध्यक्ष गिता सोडारी र अनेम संघ क्रान्तिकारीकी अध्यक्ष सरु थारुले घटनाको यथासिघ्र छानविन गरी दोसी पक्ता लगाउन माग गरेका हुन् ।

 साथै पछिल्लो समय एक पछि अर्को गर्दै महिला हिंसा बढ्नथालेको भन्दै महिला माथी हुने हिंसा न्यूनिकरण गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।