धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

भागरथीको हत्यारा पत्ता लगाउन सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलको माग

धनगढी

  सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले भागरथी भट्टको हत्याको सत्य तथ्य पत्ता लगाउन माग गरेको छ ।

 आईतबार  संसदिय दलले एक विज्ञप्ती जारी गर्दै भट्टको घटनामा संलग्न दोषिलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको हो ।

 विज्ञप्तीमा भनिएको छ –‘कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटना भएको दुई वर्ष बढी भइसक्यो, तर नेकपाको नालायक संघीय तथा प्रदेश सरकारले अझैंसम्म पनि हत्या घटनाका दोषिहरुलाई पक्राउ गर्न सकेको छैन । भट्टको हत्या घटनामा संलग्न अपराधीहरुलाई छिटोभन्दा छिटो पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग जोडदार माग गर्दछौं ।

 संसदिय दलका नेता रणबहादुर रावलद्धारा हस्ताक्षेरित विज्ञप्तीमा मृतक किशोरी भागरथीप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई उचित क्षतिपूर्तिका लागि पनि माग गरेका छन । बैतडीको दोगडाकेदार गाँउपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीया भागरथी भट्ट बुधबार देखि हराएकी र बिहिवार बेलुका घर नजिकैको जंगलमा मृत अबस्थामा भेटिएकी थिईन ।