धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेसन ६ महिना पछि सुरु

भागरथीका हत्यारा पत्ता लगाउन प्रदेश सभा सदस्यको माग

भागरथीका हत्यारा पत्ता लगाउन प्रदेश सभा सदस्यको माग

धनगढी

 सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेसन महिना पछि आजबाट सुरु भएको आजको प्रदेश सभा बैठकमा वोल्ने प्रदेश सभा सदस्यहरुले भागरथी भट्ट हत्या प्रकरणलाई प्रदेश सरकारले गम्भिरतापूर्वक नलिएको आरोप लगाएका छन्

   सोमबार देखी सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको औं अधिवेसनको पहिलो वैठकमा बोल्ने प्रदेश सभा सदस्यहरुले भागरथी हत्या पछि प्रदेश सरकारका तर्फबाट अनुसन्धान छानविन प्रकृयामा कुनै भूमीका नदेखिएको आरोप लगाए

  बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य लिलाधर भट्टले बैठक सुरु हुने विक्तिकै बेन्चबाट बोल्दै घटनाको अनुसन्धान तथा छानविन प्रति प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध जनाए उनले प्रदेशमा एक पछि अर्को गर्दै बलात्कार तथा हत्या हुँदा प्रदेश सरकार हात बाँधेर बसेको आरोप उनले लगाए किशोरीको हत्या भएको दिन बितिसक्दा पनि प्रदेश सरकारबाट विज्ञप्ति समेत आएन’ उनले भने–‘खै प्रदेश सरकारको प्रतिनिधी घटना स्थल पुगेको

 प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले घटना घटेको दिन बित्दा समेत घटनाबारे सत्यतथ्य बाहिर नआउँनु दुःखद भएको बताए जनताले प्रदेश सरकारबाट ठुलो अपेक्षा गरेका थिए’ उनले भने–‘तर प्रदेश सरकार सुतेको , संवेदनशिल घटनामा समेत मुखदर्शक बनेको ।’

 उनले कंचनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा सुतेको प्रदेश सरकार अहिले बैतडीमा भागरथी प्रकरणमा समेत सुतिरहेको आरोप लगाए जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बैतडीमा भागरथी  हत्या घटनामा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउन प्रदेश सरकार संग माग गरे

 बैठकको विशेष समयमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भागरथी हत्या प्रकरणमा अनुसन्धान गर्ने काम केन्द्रीय सरकारमा निहित देखिएको भन्दै सरकारको बचाउ गरे उनले संघिय सरकारले सवै अधिकार आफ्नो हातमा लिएर प्रदेश सरकारका खुट्टा बाँधेको आरोप लगाए

दोगडाकादार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएकि थिइन् प्रहरीको अनुसन्धानले भागरथीको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको प्रदेश सभामा नेकपाका दुई समुह पक्ष बिपक्षेमा देखिए सुदूरपश्चिम प्रदेशमा प्रचण्डमाधब समुहको नेतृत्वको सरकार रहेकाले त्यस पक्षका प्रदेश सभा सदस्यले सरकारको बचाउ गरे भने ओली समुहमा रहेका प्रदेश सभा सदस्यले सरकारको बिरोध गरे

 बैठकको पहिलो दिन वटा विधेयक दर्ता भएका छन् भूमी व्यवस्था तथा कृषि मन्त्रालयका तर्फबाट कृषि स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा बनेको विधेयक, बीउँ विजन सम्बन्धमा बनेको विधेयक प्रदेश दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयक दर्ता भएका छन् प्रदेश सभाको अर्को बैठक फागनु गतेका बस्ने