धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदुरपश्चिमममा मदिरा उत्पादन गर्दै शंकर ग्रुप

धनगढी

  नेपालकै अग्रपंक्तिको व्यवसायिक समुह शंकर ग्रुपले आफ्नो मदिरा उद्योगको सञ्चालन   सुदुरपश्चिमको  कन्चनपुरबाट  गर्दै  आएको   

  सुदुरपश्चिममा लगानीको घोषणा गरेर पनि लगानीको वातावरण नभएको भन्दै व्यावसायिक समुहहरु पछि हटिरहेको बेला शंकर ग्रुप अन्तरगतको जगदम्बा अल्को वेबले  कृष्णपुर नगरपालिका मा बिगत चार बर्षदेखि मदिरा उत्पादन गर्दै आइरहेको

    नयाँ ठाउँमा केही राम्रो काम गरौ भनेर सुदुरपश्चिममा मदिरा उद्योग सँचालन गरिएको जगदम्बा अल्को वेबका बित्त प्रमुख नारायण ज्ञवालीले बताए

   सुगम  औद्योगिक क्षेत्रमा सबैले उद्योग सञ्चाल गर्छन् जगदम्बा अल्को वेबका बित्त प्रमुख ज्ञवालीले भने  नयाँ ठाउँमा केही नयाँ गरौं  भन्ने ठानेर मदिरा उद्योग सञ्चालनका लागि सुदुरपश्चिम रोज्यौं

    जगदम्बा अल्को वेबले भर्खरै बेरोन सेलेक्ट  प्रिमियम ह्रिस्की बजारमा ल्याएको नेपालका पुर्वी क्षेत्रमा बेरोनको रेस्पोन्स निकै राम्रो पाइएको सुदुरपश्चिममा पनि राम्रो पाइनेमा आफुहरु ढुक्क रहेको ज्ञवालीले बताए

 यसअघि नै ब्लुफिन जीन बेरोन सेलेक्ट रेगुलर बजारमा ल्याइसकेको जगदम्बा अल्को वेबको सुदुरपश्चिमदेखि बाग्मतीसम्मको सुपरस्टकिस्ट जीएआरएस ट्रेडिङ रहेको

 शंकर ग्रुपले बिदेशी मदिराको आयात बिगतदेखि नै गरिरहेको भए पनि आफै मदिरा उत्पादन गर्दा नयाँ ठाउँ छानेको ज्ञवालीले बताए भैरहवा, बीरगन्ज, बिराटनगर, काठमाण्डौंका साथै नेपालगन्जमा पनि शंकर ग्रुपका उद्यागहरु रहेकोमा  सुदुरपश्चिमसम्म पनि कम्पनीको कार्यक्षेत्र बिस्तार गरिएको ज्ञवालीले बताए

  चाँडै थप उत्पादनहरु बजारमा ल्याउने योजना रहेको बित्त प्रमुख ज्ञवालीले बताए   हामी   चाँडै   थप   उत्पादनहरु  बजारमा  ल्याउँदैछौं ज्ञवालीले भने भोड्का सहितका ब्राण्ड निकै चाँडै बजारमा ल्याउँछौ.

 थप नयँ ब्राण्डहरु   गुणस्तरिय उत्पादनका आधारमा करिब बर्षमा नेपाली मदिरा बजारमा जगदम्बा अल्को वेबका उत्पादनहरु नम्बर एक   भैसक्ने दावी ज्ञवालीले दावी गरे

  उद्योग उत्पादन गर्नु आफै चुनौतीपुर्ण काम रहेको उल्लेख गर्दै ज्ञवालीले भने उद्योग सञ्चालन गर्दा सबै ठाउँमा समस्या आउँछ, यहाँ पनि केही आएका छन्, ती समाधान गदै अघि बढिरहेका छौं