धनगढी पोष्ट
बिहिबार, २९ माघ २०७७ मा प्रकाशित
धनगढी
नेकपा प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रि पक्राउ परेकिछन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखा काठमाण्डौंले झाँक्रिलाई सोधपुछका लागि बोलाएको मा झाँक्रिले पक्राउ पूर्जिर्नै मागेकिथिइन् ।
झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको हो ।
गोरखामा आयोजित विरोध कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भन्दै चरित्रहत्या गर्ने गरी बोलेको आरोप लागेको छ । उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको हो ।