सरकारले हत्यारा नसमात्दा बलत्कारीले प्रसय पाएः संग्रौला

सरकारले हत्यारा नसमात्दा बलत्कारीले प्रसय पाएः संग्रौला

धनगढी

 नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संगा्रैलाले अपराधिलाई कारवाही नगरिदा बलात्कारीले प्रसय पाएको बताएकिछन् ।

 निर्मलाको बलात्कार पछि हत्या गरिएकोमा हाल सम्म पनि उनका हत्यारालाई सरकारले कारवाही गर्न नसक्दा बैतडी घटना भएको उनको ठम्याइछ ।

प्रेस युनियन कैलाली शाखाले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओली सरकार गठन भए पछि देशमा बलात्कार र त्यसपछि हत्या गर्ने क्रम बढेको भन्दै बलात्कार, हत्या र हिंसामा ओली सरकारको चमत्कारनै गरेको बताइन् । दुई तीहाई मत प्राप्त बलियो  ओली सरकार गठन भएपछि देशमा विकाले चमत्कारी रुप लिन्छ भन्ने जनअपेक्षा थियोउनले भनिन्–‘तर बलात्कार र हिंसामा चमत्कार भयो, थौरै मात्र नैतिकता छ भने ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनपर्छ ।

उनले बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षे किशोरी भागरथी भट्टका हत्यार पक्ता लगाउन तर्फ सरकारको ध्यान नगएको बताइन् । गृहमन्त्री महिला हिंसालाई सामान्न्यहोभन्दै हिडेका छन्उनले भनिन्–‘प्रधानमन्त्री सभामा भाषण  गर्नमै व्यस्त छन्, भागरथीका आफन्तका पिडा सरकारले बुझ्ने कुरै भएन, यो घटना पनि निर्मला प्रकरण जस्तै हुँदैछ ।

तर आफुहरु चुप नलागने बताउँदै संग्रैलाले भागरथीलाई न्याय दिलाउन नेपाल महिला संघले दवाव अभियान सुरुवात गर्ने बताइन् । आफु घटना स्थल बैतडी जानथालेको बताउँदै उनले बैतडीबाटै हत्यारा पक्ता लगाउन दवाव दिने अभियान सुरुवत गरिने बताए । अभियानमा सवै महिला तथा अभियानतालाई समेटेर लैजाने उनले बताइन् । भागरथीलाई न्याय प्राप्त नहुँदा सम्म अभियानलाई निरन्तरता दिनो उनले बताइन् ।