धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

जीएआरएस ट्रेडिङद्धारा निसानको म्याग्नाइटको सुदुरपश्चिमममा बिक्री खुला

यो एसयुभीमा स्पोर्टी लुक्स सहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रूफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्पर जस्ता विशेषता रहका छन् । निसान म्यागनाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ  ।

जीएआरएस  ट्रेडिङद्धारा निसानको म्याग्नाइटको सुदुरपश्चिमममा बिक्री खुला

 

धनगढी

 निसान ब्राण्डको सुदुरपश्चिमका लागि आधिकारिक बिक्रेता  जीएआरएस ट्रेडिङले निसानको बीएसयुभी म्यागनाइटको बिक्री खुला गरेको नेपालमा म्याग्नाइटको सार्वजनिकीकरण भएको दोश्रो दिन मंगलबार नै जीएआरएसले म्याग्नाइटको बिक्री खुला गरेको हो   

 धनगढीमा आयोजित कार्यक्रममा बहुप्रतीक्षितबिग, बोल्ड, ब्युटिफुल बीएसयुभी म्याग्नाइटको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवर जीएआरएस ट्रेडिङका प्रवन्ध निर्देशक अशोक पाण्डेयले सार्वजनिक गरेका हुन्

 सो अवसरमा प्रवन्ध निर्देशक पाण्डेयले भारतमा उत्पादन भएको म्याग्नाइट भारतपछि नेपालमा नै बिक्री खुला गरिएको बताए   उच्च गुणस्तरका कारण भारतमा बिक्री खुला गरेको छोटो समयमै ठुलो संख्यामा  बिक्री भएको पाण्डेयले भने  नेपालमा पनि यसको राम्रो माग आएको

   यो एसयुभीमा स्पोर्टी लुक्स सहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रूफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्पर जस्ता विशेषता रहका छन् निसान म्यागनाइट . लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको

  पाण्डेका अनुसार यसमा एउटा नेचुरली एसपिरेटेड अर्को टर्बोचाज्र्ड इन्जिने यो गाडीमा आठ इन्च फुल फ्लस टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सात इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचर उपलब्ध रहेका छन्

  कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवरले फोर व्हील अहिले आवश्कयताको बिषय बनिसकेको म्याग्नाइटका आकर्षक बिशेषताका कारण चाँडै उपभोक्ताहरुको पहिलो रोजाई बन्ने बताए