धनगढी पोष्ट
शनिबार, १५ फागुन २०७७ मा प्रकाशित
धनगढी
थरुहट÷थारुवान राष्ट्रिय मोर्चाकाके विशेष राष्ट्रिय सममेलन कैलालीमा सुरु भएको छ ।
दुई दिन सम्म सञ्चालन हुने राष्ट्रि सम्मेलन अन्तरगत पहिलो दिन वृहत सभाको आयोजना गरिएको छ ।
कैलालीको कैलालरी गाउँपालिकामा सुरुभएको विशेष राष्ट्रिय सम्मेलन अन्तरगत गरिएको सभामा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय नेता राजेन्द्र महतो प्रमुख वक्ता रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी, कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डाक्टर गोपाल दहित, संघिय लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष कुमार लिङदेल लगायको सहभागिता रहेको छ ।
थारु नेता लक्ष्मण चौधरी संयोजक रहेको थरुहव थारुवान राष्ट्रिय मोर्चाले यही फागनु १५ र १६ गते कैलालीमा विशेष राष्ट्रिय सममेलन गर्न लागेको हो ।
नेता लक्ष्मण चौधरीलाई टिकापुर घटनाका दोषि रहेको ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो । सम्मेलन स्थलमा विशेष सुरक्षा जनशक्ति परिचालन गरिएको छ । सभा स्थलको सुरक्षामा जिलला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।