अर्लि निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्छाः एनपी सावद

अर्लि निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्छाः एनपी सावद

धनगढी

  नेपाली काग्रेसका केन्द्रिय सदस्य एबं पूर्व मन्त्री एनपी सावदले अर्लि निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्ने बताएका छन् ।

आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता साउँदले अहिलेको अबस्थाले सरकार जसले बनाए पनि अस्थिर रहने हुँदा  मद्यावधिक निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्ने बताएका हुन् ।

नेता साउँदले भने –‘सत्ता साझेदारी व्याक्तिसँग होईन पार्टी संग गर्ने हो अहिले नेकपाका दुबै धार पार्टी नभई समुह रहेकाले औपचारिक रुपमा पार्टी बिभाजन भएर नीति, कार्यक्रम र योजनासँग सहमति भए सत्ता साझेदारी  हुन्छ ।

नेता साउँदले भने–‘मुलुक अस्थीरताको बाटोमा रहेकाले, यो अस्थीरताबाट बाहिर निकाल्नका लागि पनि एक वर्षभित्र निर्वाचन गर्न आवस्यक छ, जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ त्यसै संग सहकार्य हुन्छ ।

 ‘अदालतले प्रधानमन्त्री केपि ओलीको संसद बिघटनको निर्णय उल्टाएकाले राजिनामा दिनु नै उत्तम हो नेता साउँदले भने–‘तर यो हाम्रो भन्दा पनि नेकपा वा उनको पार्टीको चासोको बिषय हो ।