धनगढी पोष्ट
शुक्रबार, २१ फागुन २०७७ मा प्रकाशित
धनगढी
सरकारले बिहीबार नै जेल परेका विप्लवका कार्यकर्तालाई जेल मुक्त गर्ने निर्णय गरेपनि कैलाली कारागारमा रहेका विप्लव कार्यकर्ता भने आइतबार अघि नछुट्ने भएका छन् ।
शान्ति प्रक्रियामा आउन सरकार र नेकपा विप्लव समुह विच ३ बुदे सहमति भएसंगै बिहीबार बसेको मन्त्री परिषदको बैठकले पक्राउ परेका विप्लवका कार्यकर्ता छोड्ने निर्णय गरेको थियो । तर कैलालीमा न्यायधिश गोष्ठिमा रहेका कारण शुक्रबार विप्लवका कार्यकर्तालाई छोड्ने सहमति पाइने छैन ।
नियम अनुसार मन्त्री परिषदको निर्णय न्यायधिशको हातमा परेपछि उनको सहमति पत्रका आधारमा कारागारमा रहेका व्यक्तिलाई छोड्नपाइने प्रावधान रहेको छ । तर कैलालीमा विप्लव कार्यकर्ता माथी परेको मुद्धा हुर्ने न्यायधिश जयानन्द पनेरु शुक्रबार गोष्ठिमा सहभागि भएका छन् ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभन कुञ्जेडाका अनुसार न्यायधिश पनेरु सर्बच्च अदालतले आयोजना गरेको दुई दिने अदालतको समिक्षा गोष्ठीमा सहभागि भएका छन ।
‘न्यायधिश ज्यूले सहमति दनिएर कारागारमा भएका व्यक्ति छुट्ने कुरै हुँदैन’ उनले भने–‘उहाँ दुई दिनको गोष्ठिमा हुनुहुन्छ, त्यसैले आइतबार सम्म कोही छुट्ने सम्भावना छैन ।’ उनले सरकारले मुद्धा फिर्ता दिने निणर्य गर्दैमा एकै पटक कसैलाई छोड्न नमिल्ने बताए ।
‘शुक्रबार पेशी नै हुँदैन, श्रेष्तेदार कुञ्जेडाले भने–‘पेशी नभई कसरी छोड्ने <’
कैलाली जिल्ला कारागारमा विप्लवका सेती महाँकाली इन्चार्ज ओमप्रकाश पुन लगायत नेता कार्यकर्ता रहेका छन् ।