धनगढीमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

धनगढीमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

धनगढी

   सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको  धनगढी स्थित पार्टी कार्यालयमा नेकपा एमाले पार्टीको नाम लेखिएको ब्यानर टाँगिएको छ ।  तत्कालिन नेकपा ओली समुहका प्रदेश अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापाले संयुक्तरुपमा नेकपा एमाले लेखेको ब्यानर टाँगेका हुन ।

 आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको   हो । यसैक्रममा धनगढीमा रहेको पार्टी कार्यालयको नेता तथा कार्यकर्ताहरुले निरिक्षण पनि गरेका छन् । तत्कालिन नेकपा ओली समुहका प्रदेश अध्यक्ष कर्ण थापाले ब्यानर टाँस्दै अब देखि नेकपा एमाले पार्टीका सम्पुर्ण गतिबिधि यसै कार्यालय मार्फत हुने बताए । उनले भने–‘आजबाट एमाले कार्यालय बिधिबत संचालन भएको छ, सबै नेता तथा कार्यकर्तालाई कार्यालयमा आउन आग्रह गर्दछु ।

 तत्कालिन एमाले हुँदा कैलाली जिल्ला अध्यक्ष दिर्घ सोडारी रहेका थिए । तर आज एमालेको ब्यानर टाँस्ने कार्यक्रममा उनी लगायत उनि पक्षिय नेता भने सहभागि छैनन् ।

तत्कालिन नेकपामा विवाद भई दुई धारमा बिभाजित भए यता धनगढी स्थित यो कार्यालय बन्द रहेको थियो । एमाले र माओवादी केन्द्र एकिकरण हुनु अघि सम्म एमालेको आफ्नै भवन हो । यता कैलालीकै टीकापुरमा पनि एमालेको ब्यानर राखिएको छ । नेकपा टीकापुरका नेता तथा नगर प्रमुख तपेन्द्र रावल, नेता श्याम खत्री लगायतको उपस्थितीमा टीकापुर स्थित कार्यालयमा ब्यानर टाँगिएको हो ।