धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बोर्ड राख्ने विषयमा ओली र माधव समूहका कार्यकर्ताबीच झडप

बोर्ड राख्ने विषयमा ओली र माधव समूहका कार्यकर्ताबीच झडप

धनगढी

  ऐमाले गठन पछि प्रदेशमा बोर्ड  राख्ने विषयमा ओली र माधव समूहका कार्यकर्ताबीच विवाद हुँदा धनगढीमा झडप भएको छ ।

 धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा रहेका तत्कालिन प्रचण्ड माधव समुहका इन्चार्ज भीम बहादुर रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड हटाई प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापाको बोर्ड  राखेपछि माधव पक्ष आक्रोसित भएका थिए ।

  उनिहरुले ओली पक्षले राखेका बोर्ड निकालेर फुटाइका थिए । त्यसपछि उत्पन्न विवाद हात हालाहालमा पुगेकोथियो ।

  यसअघि पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको नेम प्लेट बाट ओली समूहले भीम रावलको हटाइ लेखराज भट्टको र अध्यक्षमा भानुभक्तको हटाएर कर्ण थापाको राखेपछि माधव समूहका कार्यकर्ताले नाराबाजी गर्नुका साथै नेम प्लेट तोडफोड गरेपछि दुवै समूहबीच झडपको अवस्था सिर्जना भएको थियो।

 झडपका क्रममा प्रहरीले माधव समूहका एक युवालाई नियन्त्रणका लिएको लगेकोथियो । पार्टी कार्यालयमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ  ।

 यसैबीच, नेकपा एमालेका वर्तमान अध्यक्ष कर्ण थापाले रावल पार्टीमा आउन चाहे यसअघि लिएको ३० लाख र त्यसको ब्याज सहित तिर्नुपर्ने बताएका छन् ।

 रावलले ब्याजसहित यसअघि पार्टीको कोषबाट निकालेको ३० लाख तिर्नु पर्दछ प्रदेशअध्यक्षथापाले भने–‘यतिलेमात्रै पुग्दैन  रावलले आममाफी माग्नुपर्छ, अनिमात्रै उनको साधारण सदस्यता जोगिन्छ ।