धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

घुससहित मालपोत अधिकृत पक्राउ

घुससहित मालपोत अधिकृत पक्राउ
file photo

धनगढी

 कञ्चनपुरमा २४ हजार घुस लग्दै गरेको अवस्थामा मालपोत अधिकृतलाई अतियारको टोलीले पक्राउ गरेको छ ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसार सेवा ग्राहीबाट लगेको घुसको रकम सहित जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई पक्राउ गरिएको हो ।

 पक्राउ परेका जोशीले जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लगेको २४ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए । उनलाई थप कारवाहीका लागि काठमाण्डौं पठाइने छ ।