धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

माया मेट्रोमा अनलाईनबाटै उपचार शुल्क तिर्न सकिने

माया मेट्रोमा अनलाईनबाटै उपचार शुल्क तिर्न सकिने

धनगढी

 धनगढी स्थित माया मेट्रो हस्पिटलले अनलाइनबाटै अपोइन्टमेन्ट तथा शुल्क तिर्न सकिने सेवा सुरु गरेको  छ ।

इसेवा र माया मेट्रो हस्पिटलको सहकार्यमा यो सेवा शुरु गरिएको हो । इसेवाले सुरू गरेको ईअपोइन्टमेन्ट्स मार्फत विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक तथा शुल्क तिर्न सक्ने ईसेवाका सुदूरपश्चिम संयोजक कमल बमले   बताए ।

  यो सेवाको सुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी छ । कोभिड१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न सक्ने  माया मेट्रो हस्पिटललका अध्यक्ष धिरेन्द्र साँवदले जानकारी दिए ।

   इसेवा प्रदेश संयोजक बमले हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्र लगायतका निजी स्वास्थ्य संस्था प्लेटफर्ममा आबद्ध भइसकेको बताउँदै दर्जनौ स्वास्थ्य संस्था तथा अस्पताल यो सेवा सुरु गर्ने क्रममा रहेको जानकारी दिए ।

 कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ईअपोइन्टमेन्ट्स र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १ सय भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेको   छ ।