धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

गन्यापधुरा गाउँपालिका एक साताका लागि सील ( गाउँपालिकाको बिज्ञप्ति सहित)

गन्यापधुरा गाउँपालिका एक साताका लागि सील (  गाउँपालिकाको बिज्ञप्ति सहित)

धनगढी

  डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ठूलो संख्यामा कोरोना संक्रमित बिरामी फेला परेपछि एक हप्ताका लागि गाउँपालिका नै सील गरिएको छ ।

  बिहीबार देखि लागु हुने गरी असार १२ गते सम्म गाउँपालिका सील गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नबल बहादुर मलले् जानकारी दिए । पिसिआर परीक्षणमा गाउँपालिका भरी ५६ जना कारोना संक्रमित रहेको पत्ता लागेपछि गाउँपलिका सील गरी हिडडुल लगायतका गतिबिधिमा समेत रोक लगाइएको अध्यक्ष मल्लले बताए ।

  अध्यक्ष मल्लका अनुसार असार १२ गतेसम्मको अवधिमा गाउँपालिकामा समेत स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । गाउँपालिकामा रहेका बजार, पसल तथा राजमार्ग बाहेकका अन्य सडकका स्थानीयह?का यातायातका साधन समेत चल्न रोक लगाइएको छ ।

  गाउँपालिकाको नाकामा बसेर प्रहरीले निगरानी गरिरहेको उनले बताए ।

  बिहिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गर्दा गाउँपालिकामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५८ जना भन्ने सूचना आए पनि हामीले खोजखबर गर्दा दुई जना बाहिरका रहेको र हाम्रो गाउँपालिकाको ५६ जना मात्रै रहेको पत्ता लाग्योअध्यक्ष मल्लले भने ।

  संक्रमितहरु मध्ये २० जना अहिले पनि बिभिन्न विद्यालयमा क्वारेन्टिनमा बसिरहेको र ३६ जना आफ्नै घरमा रहेको उनले जानकारी दिए । क्वारेन्टिनबाट आफ्नो घरमा गएकाह?बाट अन्यमा पनि संक्रमण फैलिएको हुन सक्ने हुनाले गाउँपालिका नै सील गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको अध्यक्ष मल्लले जानकारी दिए ।