धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

धनगढी

 सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन् । प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक  बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

  बोहरा कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए । कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजिनामा दिएका हुन् ।

बोहरा संगै पूर्व प्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारु आयोगको सदस्यमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तब्य तथा अधिकार सम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ ।

 सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई सपथ खुवाउन बिहीबारको प्रदेश सभा बैटकबाट ऐनमा संशोधन गरिएको हो ।  यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तीमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो ।

 प्रदेश सरकारले लोक सेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ती गरेपछि सपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो । आयोगमा पदाधिकारी नियुक्त भइसकेका कारण सपथ खुवाउन ऐन संशोधन गर्न छोटो प्रक्रिया अपनाइएको छ । बिहीबार नै प्रदेश सभा सचिवालयमा दर्ता भएके बिधेयक ७२ घण्टापछि मात्रै छलफलमा आउने भएपनि संशोधन सम्बन्धी विधेयक प्रदेश सभा नियमावलीको नियम ११० निलम्बन गर्दै पारित गरिएको छ ।