धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

टपकेयरद्धारा फूलवारीमा निशुल्क स्वास्थ्य शिविर

टपकेयरद्धारा फूलवारीमा निशुल्क स्वास्थ्य शिविर

धनगढी

  टपकेयर पोलिक्लिनिक फूलवारीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कैलालीको फूलवारीमा रहेको पोलिक्लिनिक प्रा.लीले धनगढी१४ स्थित शिवशंकर आधारभूत बिद्यालयसंगको सहकार्यमा शिविर सम्मपन्न गरेको हो ।

  पोलिक्लिनिकले ग्रामिण क्षेत्रमै पुगेर चिकित्सकिय सेवाप्रदान गर्दा स्वास्थ्य सेवामा पहुँच नभएका ग्रामिण जनताले राहत महशुस गरेकोे शिवशंकर आधारभूत बिद्यालयका प्रधानाध्यापक लक्ष्मीराज ओझाले  बताए ।

 शिविरमा बिद्यार्थी लगायत स्थानीय एकसय पचास जनाको निशुल्क स्वास्थ्य जाँच गरीनुका साथै औषधी समेत वितरण गरिएको प्रालीका संचालक हरिश वोहराले जानकरी दिए ।

  शिविरमा पोलिक्लिनिकमा कार्यरत जनरल फिजियन डाक्टर सुरज दाहलको नेतृत्वमा ८ जना स्वास्थ्य कर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेको वोहराले जानकरी दिए । आगामी दिनमा पनि विभिन्न बिद्यालयहरु र अन्य संघसंस्थासंगको सहकार्यमा ग्रामिण क्षेत्रमा चिकित्सकको पहुँच नभएका जनताहरुलाई शिविर मार्फत चिकित्सकीय सेवा प्रदान गरीने लक्ष रहेको पोलिक्लिनिकका हेल्थ असिस्टेन्ट तथा संचालक महेन्द्र साउदले बताए ।

 स्थापनाकाल देखि प्रालीले  विशेषज्ञ सेवा र २४  सै घन्टा डाक्टर सहित सेवा दिदै आएको छ । पोलिक्लिनिकमा भिडियो एक्सरे,एक्सरे, प्रयोगशाला र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको प्रा.लीका अर्का संचालक नरेन्द्र कुवँरले जानकारी दिए ।