धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कोरोना नियन्त्रणमा उत्कृष्ठ काम गर्ने स्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्याय सम्मानित

कोरोना नियन्त्रणमा उत्कृष्ठ काम गर्ने स्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्याय सम्मानित

धनगढी

 इन्टिग्रीटि आइकन नेपालले कोभिडका वेला अग्रभागमा खटिएका स्वास्थ्य कर्मचारी मध्य उत्कृष्ठ ३ जनालाई छनौंट गरी सम्मान गर्ने भएको छ ।

 कोरोनाका वेला अग्रभागमा रहेर काम गर्ने देशभरका १ सय ३९ स्वास्थ्यकर्मी मध्य सममानका लागि ३ जना छनौट भएका हुन् ।

 छनौट हुनेमा धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक एवं कोभिड फोकल पर्सन लक्ष्मिराज उपाध्याय, बर्दिया स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ र जलेश्वर अस्पताल महोतरीकी स्टाफ नर्स चण्डिका अधिकारी रहेका छन् ।

 इन्टिग्रीटी आइकनले स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने विश्वभरका स्वास्थ्य कर्मीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

 विश्वव्यापि रुपमा फैलिएको कोरोना संक्रमण निण्यन्त्रण तथा आप्रवासी नागरिकको व्यवस्थापनमा महत्वपुर्ण भूमीका खेलेको भन्दै धनगढी उपमहानगर पालिकाका जनस्वास्थय अधिकृत एवं कोरोना फोकल पर्सन लक्ष्मीराज उपाध्यायलाई समेत इन्टिग्रीटि आइकल नेपालले सम्मान गर्ने भएको हो ।

 कोरोन संक्रमणको सुरुवाती चरणमा सुरक्षाका साधनहरु प्रयाप्त नहुँदा पनि उपाध्यायले सीममा खटिएर नागरिकको स्वाव संकलन गरेको । करिव २ लाख आप्रवासी नागरिकलाई सवारीको व्यवस्थापन सहित घर पठाउन भूमीका खेलेको । क्वारेन्टिन तथा आइसोलेसनमा खटिएर विरामीको मनोवल बढाउने काम गरेको ।

 नागरिकलाई घरघरमै गएर सुरक्षा उपायबारे जानकारी गराई नागरिकलाई सचेत बनाउन महत्वपुर्ण काम गरेको भन्दै उपाध्यायलाई सम्मान गरिएको इन्टिग्रीटी आइकन नेलालको विवरणमा उल्लेख छ ।

 समानित हुनेको सूचिमा समावेस भएका उपाध्यायले कामको वास्तविक मुल्याङ्कन गरिएको भन्दै खुशी व्यक्त गरे । मैले निस्वार्थ भावनाले काम गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेको हु कोरोना फोकलपर्सन उपाध्यायले भने–‘तर यसको मुल्याङ्कन भएछ, सममान पाउँदा थप जिम्मेवार भएर कामगर्ने हौसला मिलेको छ ।

 उनले दोश्रो चरणको कोरोना संक्रमण फैलने क्रम बढेको भन्दै नागरिकलाई सावधानी हुन पनि आग्रह गरे । हामि सवै नागरिकले सावधानी अपनाउन सकेमा दोश्रो चरणको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ उनले भने–‘अहिले पहिला जस्तो स्वास्थय सामाग्री अभाव पनि छैन, संका लागेमा स्वास्थ्य परिक्षण गराउन आग्रह गर्दछु ।

 भारतबाट आउने नागरिकलाई समिामा अनिवार्य स्वास्थय परिक्षण गर्न पनि उनले आग्रह गरे ।