धनगढी पोष्ट
शुक्रबार, २० चैत २०७७ मा प्रकाशित
धनगढी
सहकारी क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको किशान बहुउद्देश्यीय सहकारी सहित ९ वटा सहकारीलाई प्रदेश सरकारले सम्मानित गरेको छ ।
६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रजिष्ट्रार अधिकारीको कार्यालयले आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ काम गर्ने सहकारी संस्थालाई सम्मान गरिएको हो । समनित हुने सहकारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले खादा ओढाएर प्रमाण पत्र वितरण गरेकिथिइन् ।
सममानित हुने संस्था हरुमा कैलालीको किशान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कञ्चनपुरको जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दार्चुलाको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेड, अछामको प्रगतिशिल कृषि सहकारी संस्था लिमिटेड, बाजुराको न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
यसैगरी बझाङबाट चौधरी बचत तथा ऋण सहकारी संस्था, डोटीबाट वरपिपल बचत तथा ऋण सहकारी संस्था, बैतडीबाट जीवनज्योति बचत तथा ऋण सहकारी संस्था र डडेल्धुराबाट शिर्ष साना किसान कृषि सहकारी संस्था सहकारी दिवसको अवसरमा सम्मानित भएका हुन् ।