धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
६४ औं सहकारी दिवस

सहकारीहरुले सदस्यको आयस्तर उकास्न पहल गर्नु पर्नेमा जोड

सहकारीहरुले सदस्यको आयस्तर बृद्धिका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सहकारीकमीहरुले जोड दिएका छन् ।

सहकारीहरुले  सदस्यको आयस्तर उकास्न पहल गर्नु पर्नेमा जोड

 

पहलमानपुर

  सहकारीहरुले सदस्यको आयस्तर बृद्धिका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सहकारीकमीहरुले जोड दिएका छन् समाजको कम आयस्तरको वर्ग सहकारीमा बढी आवद्ध भएका कारण उनीहरुको रोेजगारी सृजना आयस्तर बृद्धिका कार्यक्रम अघि बढाउनु आवश्यक रहेको ६४ औं सहकारी दिवसको उपलक्ष्यमा शुक्रवार कैलालीको पहलमानपुरमा  आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्

        राष्ट्रिय सहकारी महासँघका पुर्व सञ्चालक भोज बहादुर बमले गरिबीको खाडल कम गर्न सहकारीले भुमिका खेलेको बताउँदै अझै प्रभावकारी काम गर्न आवश्यक रहेको बताए सहकारीले राम्रो रोजगारी सृजना गरेको कमजोर बर्गलाई आपत बिपदमा सहयोग गरेको बमले भने  ‘तर यत्तिले पुगेको छैन अझै प्रभावकारी भुमिका खेल्न आवश्यक

 सहकारीका अधिकाँश सदस्यहरु कृषिमा निर्भर रहेको उल्लेख गर्दै बमले भनेसदस्यहरुको जीवनस्तर उकास्न सदस्यहरु निर्भर रहेको कृषिको उत्पादन बृद्धिसँग सहकारीलाई जोड्नु पर्छ

 घोडाघोडी नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष भीम बहादुर बमले सहकारीहरुले रोजगारमुलक कार्यक्रममा जोड दिनु पर्ने बताए अध्यक्ष बमले सहकारीहरुले आफ्नो उद्धेश्य अनुसारका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए

 ग्रामीण कृषक बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष खम्म शाहले सहकारीहरुले साझा मुद्धाका आधारमा साझा सहमति कायम गरेर अघि बढ्नु पर्ने बताए

 दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्कल बमले सहकारीहरुले  निकै राम्रा कामरु ग्रिरहेको रहे पनि अझै बढी काम गर्न आवश्यक रहेको बताए

नेपाल पंक्षी संरक्षण संघका हिरु चैधरीले सहकारीलाई वातावरण संरक्षणसँग जोडेर  लैजानु पर्ने बताए

  सामुदायिक बन उपभोक्ता महासँघ घोडाघोडी समितिकी नैना ढकाल, समाजसेवी लक्ष्मण शाहीधनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाहले मन्तव्य व्यक्त गरेका थिए

 दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्कल बमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन मोहन्याल बचत तथा ऋण सहकारीका अध्यक्ष बजिर सिंह बलमे गरेका  थिए

पहलमानपुरमा रहेका दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्धेश्यीय सहकारी संस्था, मोहन्याल बचत तथा ऋण सहकारी, आधुनिक साना किसान कृषि सहकारी संस्था, जिविका कृषि सहकारी संस्था, न्यु खप्तड त्रिवेणी कृषि सहकारी संस्था ग्रामीण कृषक बहुउद्धेश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्र आयोजना गरिएको हो