धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सामाजिक काम गर्दै कुमारी वैकले मनायो २० औं बार्षिकोत्सव

सामाजिक काम गर्दै कुमारी वैकले मनायो २० औं बार्षिकोत्सव

धनगढी

 विभिन्न सामाजिक काम गर्दै कुमारी बैंक लिमिटेडले आफ्नो २० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

 शनिबार प्रदेश कार्यालय सहित सवै जिल्लाका शाखा कार्यालयले सामाजिक कार्यक्रम आयोजना गर्दै २० औं बार्षिकोत्सव कार्यक्रम मनाएको बैंका प्रदेश प्रमुख दिपक खनालले बताए ।

 २० औं बार्षिकोतसव कार्यक्रमका अवसरमा प्रदेश कार्यालय र कन्चनरपुर शाखको सुंयुक्त आयोजनामा महेन्द्रनगर बजारमा सरसफई कार्यक्रम गरिएको प्रबन्धक खनालले बताए ।

 सरसफई कार्यक्रममा जिल्लाप्रहरी कार्यालय कञ्चनपुर संग समेत समन्वय गरिएको उनले बताए । सरसफई कार्यक्रम पछि कुमारी बैकले महेन्द्रनगर बजार क्षेत्रमा डस्टविन समेत राखेको छ ।

 कार्यक्रममा कन्चनपुर शाखाका शाखा प्रवन्ध जनक राज चटौत तथा शाखा काकर्मचारी, प्रदेश कार्यालयका कर्मचारी तथा नगर प्रहरी, जनपथ प्रहरी र ट्रयाफिक प्रहरी गरि करीव ६० जनाको उपस्थि रहेको थियो ।

 २० औं बार्षिकोत्सव कार्यक्रमकै अवसरमा वैंकको धनगढी शाखाले शिवपुरी धाममा सरसफाई गर्दै डस्टविन वितरण गरेको छ । कार्यकममा धनगढी उपमहानगरपलिका४ का वडाध्यक्ष दीपक थापा र शिवपुरी धामका उपाध्यक्ष सहित बैंकका कर्मचारीको सहभागिता रहेको खाशा प्रवन्धक नारायण भण्डारीले वताए ।

 सोही अवसरमा धनगढी स्थित क्याम्पस चोकमा रहेको कुमारी बैंकको शाखाले पनि धनगढी७ मा सरसफई र डस्टविन वितरण गरेको छ । कार्यक्रममा वडाध्यक्ष सिताराम राना लगायतको उपस्थिती रहेको क्याम्पसरोड शाखाका शाखा प्रबन्धक नरराज गिरीले बताए ।

 २० औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा वैकको अत्तरिया शाखाले गोदावरी धाममा तथा पिकनिक स्पटमा सरसफई गुर्नका साथै ट्रयाफिक प्रहरी कार्यालयलाई डस्टविन वितरण गरेको अत्तरिया शाखाका शाखा प्रवन्धक कृष्ण वहादुर पालले वताए ।

 सोही अवसरमा वैंकको लम्की शाखाले लम्की वहुमखी क्याम्पसमा वृक्षरोपण कार्यक्रम गरेको छ । यसैगरी लम्की स्थित लायन्स क्लव अफ लम्कीसंग सहकार्य गरी लम्की वजार क्षेत्रमा किटनासक औषधी समेत छर्किएको शाखा प्रवन्धक पवन आचार्यले वताए ।

 यस्तै डडेल्लधुरा शाखाले उग्रतारा मन्दिर परिसरमा सरसफई गर्दै मन्दिरमा डस्टवीन समेत राखिएको वैकका प्रवन्धक चन्द्रप्रकाश चटौतले वताए ।

 यस्तै वैतडीको डिलाशैनी गाउँपालिकाम रहेको शाखाले सो क्षेत्रको वेतालेश्वर मन्दिरमा सरसफाइ गरी डस्टवीन वितरण गरेको शाखा प्रबन्धक निरज खरेलले बताए ।

 यस्तै बझाङ स्थित दुर्गाथली गाउँपालिकाको शाखाले सो क्षत्रमा वृक्षरोपण तथा सरसफा कार्यक्रम गरेको शाखा प्रवन्धक ओमकार ढुंगानाले बताए ।

 कुमारी बैंक लिमिडेडले देशभरका १ सय ९२ वटा शाखा, १ सय ६२ एटिएम केन्द्र, २५ शाखा रहित वैकिङ्ग सेवा तथा १३ एक्सटन्सन काउन्टर र केविल रेमिटेन्स मार्फत वित्तिय सेवा समेत प्रदान गर्दै आएको छ ।