धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

खुटिया, बेलि, उर्मा, भादा, गदरिया हुँदै पच्चीस घर जोड्ने ‘रणनीतिक सडक बन्ने’ पक्का

खुटिया, बेलि, उर्मा, भादा, गदरिया हुँदै पच्चीस घर जोड्ने ‘रणनीतिक सडक बन्ने’ पक्का

धनगढी

 निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत कैलालीको खुटिया देखी फूलवारी सम्म जोड्ने महत्वपूर्ण सडक निर्माण हुने पवक्का भएको छ ।

 शनिबार प्रधानमन्त्री केपि शर्मा ओलीले काठमाण्डौं बाटै कैलाली लगायत देशका १ सय ६५ वटा स्थानमा रणनीतिक सडकको घोषणा गरेका छन् ।

 प्रधानमन्त्रीको घोषणा संगै कैलालीमा महत्वपुर्ण मानिएको रणनीतिक सडक पनि बन्ने पक्का भएको हो ।

 कैलाली क्षेत्र नम्बर५ का संसद नारदमुनी रानाको विशेष पहलमा सडक निर्माण भएको हो । रणनीतिक सडक निर्माणका लागि यस अघि पनि थुप्रै नेताले पहल गरेपनि सफल हुन सकेको थिएन ।

 सो सडकले धनगढी उप–महानगरपालिका स्थित खुटिया पुलदेखी धनगढी बेलि पुल हुँदै उर्मा भादा, गदरिया, वनकट्टा देखी पच्चीस घर सम्म जोड्ने छ ।

 सडक निर्माणका लागि २५ करोड बजेट छुट्याइएको छ । सो सडक निर्माणका लागि ५० करोड बजेट आवश्यक पर्ने भएपनि यस अघिनै सांसद विकाष कोष मार्फत सोही सडकको केही भाग निर्माण भइसकेका कारण अव २५ करोड बजेट आवश्यक पर्ने कैलाली क्षेत्रनम्बर५ का सांसद नारदमुनी रानाले बताए ।

 सडक निर्माण भएपछि स्थानीय स्तरको व्यापार वृद्धि हुनका साथै कृषि उपजको व्यापारी करणमा सहयोग पुगने बताउँदै सांसद रानाले सडकले ग्रामिण विकासमा ठुलो टेवा पुग्ने बताए ।

  यो सडक निर्माण गर्ने घोषणा यस अघि थुप्रै नेताले गरेका थिए रानाले भने–‘तर सफल हुन सकेको थिए, मेरो बिशेष पहल पछि यस पटक भने बन्ने पक्का भएको छ ।