धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
कैलाली हार्डवेयर व्यवसायी संघको साधारण सभा सम्पन्न

कोरोनाको मारबाट आफै माथि उठे व्यवसायी : राठी

कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले कोरोनाको समयमा पसल बन्द गरेर पनि बैंकको ब्याज, भाडा र तलब व्यहोर्न व्यवसायीहरु बाध्य भए पनि सरकारले कुनै सहयोग नगरेको बताए ।

कोरोनाको मारबाट आफै माथि उठे व्यवसायी : राठी

धनगढी

  व्यावसायिक एकतामा जोड दिंदै कैलाली हार्डवेयर व्यवसायिक संघको नवौं साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको सभामा बक्ताहरुले व्यवसायीहरुले आपसी सहकार्य अझै सुदृढ पार्नु पर्ने बताए

कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले कोरोनाको समयमा पसल बन्द गरेर पनि बैंकको ब्याज, भाडा तलब व्यहोर्न व्यवसायीहरु बाध्य भए पनि सरकारले कुनै सहयोग नगरेको बताए अध्यक्ष राठीले कोरोनाको कहरबाट व्यवसायीहरु आफ्नै बलबुतामा अगाडी बढेको बताए

अध्यक्ष राठीले भन्सारमा एलसीको मान्यता नदिएर रेफरेन्स मात्र मान्ने गरेको सरकारले आफ्नो दरले कर लगाउँने गरेको बताउदै भने  ‘एलआइसीलाई नमान्ने संसारको कुन ठाउँमा ?’

  धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले हार्डबेयर व्यवसायीहरुको एकै ठाउँमा कारोवार गर्ने  ठाउँको खोजीमा आफु लाग्ने बताइन्

  देश बिकासका व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै उपप्रमुख मिश्रले नगरपालिकालाई सुन्दर बनाउन सबैले भुमिका खेल्नु पर्ने बताइन्

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले मुख्य बजारमा हार्डवेयर व्यवसायी हुदा लोड अनलोडका बेला सडक जाम हुने गरेको बताउँदै हार्डवेयर व्यवसायीका लागि अलग्गै ठाउँ बनाउनु राम्रो हुने बताए

  निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले हार्डवेयर व्यवसायीहरुले व्यवसायमा एकरुपता कायम गर्नु पर्ने बताए

  अध्यक्ष उपाध्यायले सरकारले निर्माण कार्यको भुक्तानी समयमा नदिदा त्यसको असर हार्डवेयर व्यवसायीलाई पनि परेको बताए

  उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम समितिका उपाध्यक्ष अनिल भुजानियाले व्यवसायिक  सुरक्षामा सजग रहनु पर्ने बताउँदै    

 संघका अध्यक्ष सुरेन्द्र राठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन संघका उपाध्यक्ष कल्याण सिंह बोहराले गरेका थिए   कार्यक्रम सञ्चालन प्रेरणा पाण्डेयले गरेकी थिइन्