धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निसर्गमा सुदूरपश्चिममै पहिलो ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

निसर्गमा सुदूरपश्चिममै पहिलो  ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

धनगढी

 धनगढी स्थित निसर्ग हस्पिटलमा सुदूरपश्चिम प्रदेशकै पहिलो ब्रेन ट्युमरको सफल सल्यक्रिया भएको छ ।

 सुदूरपश्चिमकै सुविधा सम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ब्रेन ट्युमरको सफल उपचार गरेको हो ।

 ब्रेन ट्युमरको सफल सल्यक्रिया पछि टाउकोको सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ ।

योसँगै ब्रेन ट्युमरको उपचारका लागि अब काठमाडौं, भरतपुर लगायत भारतका विभिन्न सहरमा बिरामीले धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पन्तले बताए । 

 कैलालीको घोडाघोडी नगरपालिका५ की ५५ बर्षिया सावित्री चौधरीको ४ सेन्टिमिटर लामो ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको हो । न्यूरो सर्जन डाक्टर सुरेश सापकोटा, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढा लगाएतको टिमले तीन घण्टा लगाएर शल्यक्रिया गरेको हो । 

 सल्यक्रिया पछि साबित्रीका श्रीमान प्रदेश चौधरीले श्रीमतीको अवस्थामा सुधार आएको देख्दा खुशी लागेको प्रतिक्रिया दिए । टाउको दुखिरन्छ भन्थी, खाना रुच्दैन थियोबाँया पट्टीको हात र खुट्टा नचल्ने भएको थियो उनले भने–‘अप्रेसनपछि पछि स्वास्थमा तिब्र सुधार भएको छ, अप्रेसनमा संलगन डाक्टरलाई धन्यवाद ।

 साबित्रिलाई निशर्ग ल्याउन अघि कोहलपुर लगिएकोमा अस्पतालले काठमाण्डौ लानुपर्छ भन्ने सुझाव दिएको चौधरीले बताए । तर छोराको सुझावमा साबित्रिलाई निशर्ग भर्ना गरिएको उनका श्रीमान प्रदेश चौधरीले बताए ।

अस्पतालमा आउँदा विरामी बेहोस अवस्थामा थिए न्यूरो सर्जन डाक्टर सुरेश सापकोटाले भने–‘सिटी स्क्यान र एमआरआई गर्दा दिमागमा ट्युमर देखियो, सल्यक्रिया पछि अवस्था सामानय रहेको छ ।

 सल्यक्रिया पछि विरामीको अवस्था तिब्र रुपमा सुधार भइरहेको डाक्टर साप्कोटाले बताए । प्रत्येक १० हजार मानिस मध्ये १२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाइन्छ । जसलाई  ब्रेनको क्यान्सर पनि भनिन्छ । चिकित्सकका अनुसार ट्युमर पलाउन थालेपछि टाउको दुख्छ ।

 ट्युमरको आकार बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुन्छ । अझै ठूलो हुँदै गएपछि वान्ता आउने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।

जसका कारण टाउको दुख्ने समस्यालाई सामन्य रुपमा लिन हुँदैन डाक्टर साप्कोटाले भने–‘यस्तो समस्या भएमा तुरुन्त स्वास्थय परिक्षाण् गराउनु पर्दछ । उनका अनुसार ट्युमर जराबाट र बिना जराबाट गरी दुई किसिमको हुन्छ । जरा हाल्ने ट्युमरलाई क्यान्सर भएको मानिने गर्दछ । जराहाल्ने ट्युमर रहेछ भने पुनः फैलने सम्भावना हुन्छ ।  फैलन नदिन रेडियो थेरापी र किमो थेरापी गर्नुपर्ने उनले बताए । 

 निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले टाउको र दिमागको चोट, रगत जमेको, नशा दबेको, दिमागको ट्युमर, मासु पलाएको, मेरुदण्डको ट्युमर, टाउको दुख्ने, गर्दन दुख्ने, ढाड दुख्ने, मुर्छा पर्ने, मिर्गी आउनेलगायत शरिरको दुखाई हुने, झमझम गर्ने, ढाडको नसा च्यापिएको, हर्ट सम्बन्धि सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

 ब्रेन ट्युमरको सफल उपचारबाट उत्साहित भएको बताउँदै अस्पतालका अध्यक्ष तिर्थराज पन्तले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया निसर्ग हस्पिटलले गरेको दावी गरे । धनगढीमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले न्यूरो सर्जरी सेवा समेत प्रदान गर्दै आएको छ ।