धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

आइतबार थप ३६ जनामा कोरोना पुष्टि

आइतबार थप ३६ जनामा कोरोना पुष्टि

धनगढी

 भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी उप–महानगरपालिकाका स्वास्थय निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार आइतबार भारतबाट आएका ८ सय ५६ जनाको ‘एन्टिजेन’ परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 ती नागरिकलाई छुट्टै सवारीको व्यवस्थापन सहित घरकै होम आइसोलेसनमा बस्न सुझाव दिइएको स्वास्थय निरिक्षक उपाध्यायले बताए  ।

 पछिल्लो समय भारत बाट नेपाल आउने नागरिक मध्य कोरोना  संक्रमण पुष्टि हुने नागरिकको संख्या बढ्न थालेको छ ।

 शनिबार पनि भारतबाट आएका मध्य ३६ पुरुष र १० महिला गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 त्यसैगरी शनिबार नै भारतबाट आएका ३ जना नागरिकमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको थियो ।


ट्रेन्डिङ