धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

किसान बहुउद्धेश्यीय सहकारीको २२ औं सेवाकेन्द्र धनगढीमा

२०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको  किसान सहकारीले  सुदुरपश्चिमका सबै जिल्लामा सेवा केन्द्र बिस्तार गरिरहेको छ ।

किसान बहुउद्धेश्यीय सहकारीको २२ औं सेवाकेन्द्र धनगढीमा

धनगढी

   किसान बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २२ औं सेवाकेन्द्र धनगढीको मोतीचोकमा स्थापना गरेको सहकारी बिभागका रजिष्टार लिला प्रसाद शर्माले सोमबार सेवा केन्द्रको उद्घाटन गरेका छन्

  २०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको  किसान सहकारीले  सुदुरपश्चिमका सबै जिल्लामा सेवा केन्द्र बिस्तार गरिरहेको थप पाँच सेवाकेन्द्रहरु पनि उद्घाटनको तयारीमा रहेको किसान सहकारीले जनाएको

  सो अवसरमा रजिष्टार शर्माले संघीयताम गएपछि कानुन निर्माण  व्यवस्थापनमा अहिले केही समस्या देखिएको उल्लेख गर्दे भनेअहिले सबैसँग समन्वय गरेर नितीगत व्यवस्थापनको काम भैरहेको

   प्रदेश पालिकाहरुमा सहकारीहरुलाई प्राथमिकता नदिएको सुनिन आएको उल्लेख गदै शर्माले यसको पनि चाँडै समाधानको प्रयास गरिने बताए

  सहकारीले जीडीपीमा पु¥याएको योगदानका आधारमा सहकारीलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गर्दै शर्माले सहकारीहरुले  आफैलाई थप गुणस्तरिय सदस्यमुखी बनाउन आवश्यक रहेको बताए

  किसान सहकारीका अध्यक्ष सुरेन्द्र शाहले प्रदेश पालिकाहरुमा सहकारीहरु नियमनका लागि टीम हुन नसकेको बताउँदै भनेनियमनको व्यवस्था राम्रो हुन सके सहकारीमा भएका कमजोरीहरु सुधार्न सहज हुने थियो

  किसान सहकारीका महाप्रवन्धक डम्बर बहादुर शाहले किसानले बचत तथा ऋण, लघुबित्त कृषि प्रवद्र्धनमा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै भनेकृषिमा जोड दिनुपर्छ भनेर नै सुदुरपश्चिममा पहिलो पटक निजी क्षेत्रबाट माटो परिक्षण प्रयोगशाला स्थापना गरेका छौं

 महाप्रवन्धक शाहले आगामी तीन बर्षभित्रमा स्मार्ट क्याम्पेन सर्टिफिकेट पाइसक्ने गरि काम भैरहेको बताए

  सहकारीका कोषाध्यक्ष मायाराम धमालाले सहकारीलाई अझै गुणस्तरिय बनाउने प्रयास भैरहेको बताए   

  किसान सहकारीका बित्त बिभाग तथा सुचना अधिकारी दिपक ढुंगानाले सञ्चालन गरेको उक्त कार्यक्रम किसान सहकारीका अध्यक्ष सुरेन्द्र शाहको अध्यक्षतामा भएको थियो