धनगढी पोष्ट
शनिबार, २८ चैत २०७७ मा प्रकाशित
धनगढी
वेष्टर्न क्रिष्टल एकेडेमीले एलकेजीमा अध्ययनरत बिद्यार्थीहरुका लागि साक्षर पुरस्कार समारोह र बिज्ञान प्रदर्शनीको को आयोजना गरेको छ । बिद्यालयमा भर्ना भएपछि अक्षर चिन्न जानेर औपचारिक शिक्षाको ढोका खोलेकाले साक्षर पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा बिद्यालयकी प्रिन्सिपल निर्मला खड्का कुवरले साना बिद्यार्थीहरुले अक्षर चिनेर औपचारिक रुपमा शिक्षा लिन थालेको अवसरलाई भविष्यमा उनीहरुले याद गरुन् भनेर साक्षर पुरस्कार समारोहको आयोजना गएिको बताइन् ।
गत बर्ष बिद्यालयमा भर्ना भएर अक्षरहरु चिन्न र लेख्न थालेपछि साक्षर पुरस्कार प्रदान गरिएको प्रिन्सिपल कुवरले बताइन् ।
त्यस्तै बिद्यालयमै आयोजना गरिएको बिज्ञान प्रदर्शनीमा बिद्यार्थीहरुले बनाएका बिज्ञानका नमुनाहरु प्रदर्शनीमा राखिएका छन् । बिद्यार्थीहरुले आफुहरुले निर्माण गरेका बिभिन्न उपकरण र उपकरणको प्रयोग गरि बनाइएका नमुनाहरु प्रदर्शनीमा राखेका थिए ।