धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कपाल प्रत्यारोपणको सेवा सहितको  धनगढीमा स्किन हस्पिटल सञ्चालनमा

काठमाण्डौका बिशेषज्ञ चिकित्सकहरुबाट नवीनतम प्रविधिको प्रयोग गरि सेवा दिने  गरिएको छ ।

कपाल प्रत्यारोपणको सेवा सहितको  धनगढीमा स्किन हस्पिटल सञ्चालनमा

 

धनगढी

   कपालको रौ प्रत्यारोपण सहितको सेवा दिंदै धनगढीमा सुविधा सम्पन्न  स्किन हस्पिटल सञ्चालनमा आएको ।अत्याधुनिक प्रविधिबाट छाला, यौन तथा सौन्दर्यका सबै सेवाहरु शुरु गरिएको धनगढीको एलएन चौकमा रहेको धनगढी स्किन हस्पिटलले जनाएको  

सुदूरपश्चिममै पहिलो पटक नविनतम प्रबिधी सहित छाला, यौन तथा सौन्दर्य रोगको उपचार थालेका छौं अस्पतालका सञ्चालक जीवन बहादुर सिंहले भनेअव छाला रोगका लागि बिरामीले बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको काठमाण्डौंको सेवा शुलभ मुल्यमै धनगढीमा पाइने सिंहले बताए

  काठमाण्डौका बिशेषज्ञ चिकित्सकहरुबाट नवीनतम प्रविधिको प्रयोग गरि सेवा दिने  गरिएको सुदूरपश्चिममा पहिलो पटक छालाको उपचार गर्ने सिओ फ्ल्याक्सन लेजर, कपालको उपचार गर्ने पिआरपि प्रबिधि सौन्दर्यको उपचार गर्ने हाइड्रोफिसियल प्रबिधी भित्र्याएको धनगढी स्किन हस्पिटलले विशेषज्ञ डाक्टरबाट उपचार सेवा सुरु गरेको

यी प्रबिधी भित्रिएसंगै अव छाला, यौन तथा सौन्दर्य रोगको उपचार गर्न सुदूरपश्चिम बाहिर जानुपर्ने झण्झट अन्त्य भएको सञ्चालकको दावी

  सिंहका अनुसार धनगढी स्किन हस्पिटलबाट कम्यूटर प्रबिधिबाट अनुहारको सम्पूर्ण चेकजाँच तथा परामर्श दिने, पुरानो भन्दा पुरानो  शरिरको दाग धब्बा, चिलाउने, एलर्जी, दुवी, गनाउने पसिनाको सफल उपचार गर्ने, कपाल झर्ने, टुट्ने शरीरका अनावश्यक रौंहरु हटाउने, छाला, कपाल नङ्ग सम्बन्धी सम्पूर्ण रोगको उपचार सेवा प्रदान गरिन्छ 

यसैगरी शरीरमा भएका सम्पूर्ण दाग एलर्जीको विशेष उपचार, छालामा हुने बंसाणुगत तथा प्रतिरक्षा रोगको उपचार, केमिकल, पिलबोटोक्स  लेजर प्रबिधिद्वारा चाउरीपनको उपचार सेवा समेत धनगढी स्किन हस्पिटलबाट प्रदान गरिने सञ्चालक सिंहले बताए

हस्पिटलमा नकाठमाण्डौका बिशेषज्ञ चिकित्सकहरु  बिक्रान्त ढकाल डाक्टर मोरिना मानन्धरले महिनामा पटक सेवा दिइरहेका छन् चाँडै विशेषज्ञ चिकित्सकका व्यवस्था गरेर नियमित सेवा प्रदान गरिने सञ्चालक सिंहले बताए