धनगढी पोष्ट शुक्रबार, १० असोज २०८३   September 25, 2026

कपाल प्रत्यारोपणको सेवा सहितको  धनगढीमा स्किन हस्पिटल सञ्चालनमा

काठमाण्डौका बिशेषज्ञ चिकित्सकहरुबाट नवीनतम प्रविधिको प्रयोग गरि सेवा दिने  गरिएको छ ।

कपाल प्रत्यारोपणको सेवा सहितको  धनगढीमा स्किन हस्पिटल सञ्चालनमा

 

धनगढी

   कपालको रौ प्रत्यारोपण सहितको सेवा दिंदै धनगढीमा सुविधा सम्पन्न  स्किन हस्पिटल सञ्चालनमा आएको छ ।अत्याधुनिक प्रविधिबाट छाला, यौन तथा सौन्दर्यका सबै सेवाहरु शुरु गरिएको धनगढीको एलएन चौकमा रहेको धनगढी स्किन हस्पिटलले जनाएको छ  ।

‘सुदूरपश्चिममै पहिलो पटक नविनतम प्रबिधी सहित छाला, यौन तथा सौन्दर्य रोगको उपचार थालेका छौं’ अस्पतालका सञ्चालक जीवन बहादुर सिंहले भने– ‘अव छाला रोगका लागि बिरामीले बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ काठमाण्डौंको सेवा शुलभ मुल्यमै धनगढीमा पाइने सिंहले बताए ।

  काठमाण्डौका बिशेषज्ञ चिकित्सकहरुबाट नवीनतम प्रविधिको प्रयोग गरि सेवा दिने  गरिएको छ । सुदूरपश्चिममा पहिलो पटक छालाको उपचार गर्ने सिओ–२ फ्ल्याक्सन लेजर, कपालको उपचार गर्ने पिआरपि प्रबिधि र सौन्दर्यको उपचार गर्ने हाइड्रोफिसियल प्रबिधी भित्र्याएको धनगढी स्किन हस्पिटलले विशेषज्ञ डाक्टरबाट उपचार सेवा सुरु गरेको छ ।

यी प्रबिधी भित्रिएसंगै अव छाला, यौन तथा सौन्दर्य रोगको उपचार गर्न सुदूरपश्चिम बाहिर जानुपर्ने झण्झट अन्त्य भएको सञ्चालकको दावी छ ।

  सिंहका अनुसार धनगढी स्किन हस्पिटलबाट कम्यूटर प्रबिधिबाट अनुहारको सम्पूर्ण चेकजाँच तथा परामर्श दिने, पुरानो भन्दा पुरानो  शरिरको दाग धब्बा, चिलाउने, एलर्जी, दुवी, र गनाउने पसिनाको सफल उपचार गर्ने, कपाल झर्ने, टुट्ने र शरीरका अनावश्यक रौंहरु हटाउने, छाला, कपाल र नङ्ग सम्बन्धी सम्पूर्ण रोगको उपचार सेवा प्रदान गरिन्छ  ।

यसैगरी शरीरमा भएका सम्पूर्ण दाग एलर्जीको विशेष उपचार, छालामा हुने बंसाणुगत तथा प्रतिरक्षा रोगको उपचार, केमिकल, पिल,  बोटोक्स  र लेजर प्रबिधिद्वारा चाउरीपनको उपचार सेवा समेत धनगढी स्किन हस्पिटलबाट प्रदान गरिने सञ्चालक सिंहले बताए ।

हस्पिटलमा नकाठमाण्डौका बिशेषज्ञ चिकित्सकहरु  बिक्रान्त ढकाल र डाक्टर मोरिना मानन्धरले महिनामा २ पटक सेवा दिइरहेका छन् । चाँडै विशेषज्ञ चिकित्सकका व्यवस्था गरेर नियमित सेवा प्रदान गरिने सञ्चालक सिंहले बताए ।

 

 

 

 


ट्रेन्डिङ