धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

माधव समुहद्वारा कर्ण थापालाई १ बर्ष कारवाही

माधव समुहद्वारा कर्ण थापालाई १ बर्ष कारवाही

धनगढी

 नेकपा एमाले माधव समुहको यही चैत २३ र २४ गते धनगढीमा सम्पन्न प्रदेश स्तरिय दुई दिने बैठकले एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई एक वर्ष निलम्बन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

 अध्यक्ष थापाले पार्टीको विधान पिपरित काम गरेको र प्रदेश कार्यालयमा तोडफोड गरी गुण्डागर्दी गरेको भन्दै उनलाई १ बर्ष अनुशासनको कारवाही गरिएको माधव समुहद्वारा जारी विज्ञपितमा उल्लेख छ ।

 बैठकले ९ वटै जिल्लामा समानान्तर कमिटि समेत गठन गरेको छ ।

 समानान्तर कमिटिमा कञ्चनपुरबाट जिल्ला कमिटी अध्यक्षमा तारालामा तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रण बहादुर महरा, उप सचिव रवीन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावललाई चयन भएका छन् ।

 यसैगरी बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगन बहादुर रावल, सचिवमा पुर बहादुर राउत, उप सचिव निर बहादुर शाहीलाई चयन गरेको छ । बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, उपाध्यक्ष कृष्ण साउँद, सचिव हर्क बहादुर धानुक, उप सचिवमा गौरीदत्त भट्टले जिम्मेवारी पाएका छन् ।

 अछाम जिल्ला कमिटी अध्यक्षमा शेर बहादुर कुँवर, उपाध्यक्ष नन्द बहादुर कडायत चयन भएका छन् । कैलालीमा दीर्घ सोडारीले पार्टी अध्यक्षको जिम्मेवारी पाएका छन् ।

 यस्तै डडेल्धुरा जिल्ला कमिटी अध्यक्षमा डा.तारा जोशी, उपाध्यक्ष वीरेन्द्र बहादुर बस्नेत, सचिव धन बहादुर साउँद, उप सचिव शन्तुकला नगरकोटीलाई चयन गरीएको छ भने डोटी जिल्ला कमिटी अध्यक्षमा चक्र बहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा, उपसचिव मञ्जु मलासी, र कार्यालय सचिवमा खड्क बहादुर कठायतले जिम्मेवारी पाएका छन् ।

 बझाङ जिल्ला कमिटी अध्यक्षमा दिल बहादुर सिंह, उपाध्यक्ष इन्द्र बहादुर भण्डारी, सचिव दमन बहादुर भण्डारी, उपसचिव धन बहादुर बोहरा र कार्यालय सचिवमा सुरत बहादुर सिंह लाइ चयन गरीएकोमा दार्चुला जिल्लाको जिम्मेवारी पछि तोकिने जनाइएको छ ।

ओलीले गरेको कारवाही अवैधानि छ, हामी मान्दैनौं : रावल

 नेकपा एमाले माधव समुहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको कारवाही अवैधानिक भएको भन्दै उक्त कारवाही मान्य नहुने बताएका छन् ।

 एमालेको ९ औं महाँधिवेसन अनुसार अध्यक्ष एक्लैले कारवाही गर्ने अधिकार नभएको बताउँदै इन्चार्ज रावलले अवैधानिक रुपमा गरिएको कारवाही कसैले नमान्ने बताए ।

  अदालतको फैसला पछि हामी एमालेका सांसद हौं इन्चार्ज रावलले भने–‘ओलीलाई नत हाम्रो पद खोस्ने अधिकारछ, नत सांसद बरखास्त गर्ने अधिकार नै ।

 एमालेको माधव समुहले गरेका निर्णय तथा समानान्तर कमिटिका बारेमा जानकारी दिन आइतबार धनगढीमा आयोजित कार्यक्रममा रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर आफूलाई कारबाही गरेको आरोप लगाए ।

 ‘अहिलेको परिस्थितीमा अध्यक्ष ओली आफै अवैध अध्यक्ष हुनुहुन्छ रावलले भने–‘त्यसता व्यक्तिले गरेको कारवाही कस्ले किन मान्ने ? उनले आफु एमाले भएको र सांसद पद पनि सुरक्षित रहेको बताए ।

 पार्टीको नवौँ अधिवेशनबाट निर्वाचित व्यक्तिहरूलाई आफू मन लागी हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको समेत उनले जिकिर गरे ।

 पार्टीलाई एक ढिक्का बनाउन देशभर सङ्गठन बिस्तार गरिने रावले बताए । पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै फागुन २८ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावल र माधव नेपाललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थिए ।