धनगढी पोष्ट
मङ्गलबार, ३१ चैत २०७७ मा प्रकाशित
धनगढी
भारतका विभिन्न स्थानबाट सुदूरपश्चिम प्रदेश प्रवेस गरेका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाका हुँदै आएका १ सय ८० जनाको एनिटजेन विधिबाट कोरोना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको गौरिफण्टा नाकाका स्वास्थ्य विटका इन्चार्ज गणेश साउँदले बताए ।
उनका अनुसार भारतबाट स्वदेश फर्केका नेपालीमा कोरोना परिक्षण गर्दा सोमबार ४६, आइतबार ५४ र शनिबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिललो ४ दिनमा गौरिफण्टा नाका भएर सुदूरपश्चिम भित्रिएका १ हजार ८ बढी नागरिकको एन्टिजेन विधिबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।
४ दिनमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको साउँदले बताए ।