धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

कैलाली कञ्चनपुरका थप १४ जनामा कोरोना संक्रमण पुस्टि

कैलाली कञ्चनपुरका थप १४ जनामा कोरोना संक्रमण पुस्टि

धनगढी

 कैलाली र कञ्चनपुरका गरी बुधबार थप १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ७३ जनाको स्वाव परिक्षणमा धनगढीका १० सहति १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

 उनका अनुसार संक्रमित हुनेमा धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका १ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना रहेका छन् ।