धनगढी पोष्ट
शुक्रबार, ०३ बैशाख २०७८ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४ जनामा गरिएको परिक्षणमा सवै भन्दा बढी धनगढी उपमहानगरपालिकाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता दिलिप कुमार श्रेष्ठका अनुसार परिक्षणमा धनगढीका १० महिला र १५ पुरुष गरि २५ जना, टीकापुर नगरपालिकाका १ पुरुष, घोडाघोडी नगरपालिकाका १ महिला र १ पुरुष गरि २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कैलालीको चुरे गाउँपालिकाका १ जना पुरुष, डोटीको बडीकेदार गाउपालिकाका १ पुरुष र कन्चनपुरको भीमदत्तनगरपालिकाका १ पुरुषम पनि संक्रमण पुष्टि भएको छ ।
धनगढी सिथत कोभिड अस्पतालमा अहिले ७ महिला र ९ पुरुष गरि १६ जनाको उपचार भैरहेको छ ।