धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कोरोनाका कारण बन्दर हेको फनपार्क सञ्चालन

कोरोनाका कारण बन्दर हेको फनपार्क सञ्चालन

धनगढी

 कोरोना कहरका कारण बन्द अवस्थामा रहेको धनगढीको फनपार्क फेरी सञ्चालन गरिने भएको छ ।

 कोरोना संक्रमणलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षाका उपायलाई अबलम्बन गरी फनपार्क सञ्चालन गरिने फनपार्कका सञ्चालक उपेन्द्र विष्टले बताए । २० करोडको लगानीमा सञ्चालित धनगढी फनपार्क कोरोनका कारण विगत १९ महिना भन्दा बढी बन्द रहेको थियो ।

 ठुलो लगानी गरिएको फनपार्क लामो समय बन्द हुँदा लगानी डुब्ने मात्र नभई बैंकको किस्ता तिर्न समेत समस्या भएपछि फनपार्क सञ्चालन गरिएको सञ्चालक विष्टले बताए ।

 स्वास्थ्य मापदण्द अपनाएर रेष्टुरेन्ट र फनपार्क सञ्चालन गरिने उनले बताए । धनगढी उपमहानगरपालिका२ पुरानो भन्सार रोडमा रहेको दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । फनपार्क बन्द हुँदा डेढ करोडको बढी घाटा भएको सञ्चालक विष्टले बताए ।