धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मृगौला पिडित मल्ललाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग

मृगौला पिडित मल्ललाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग

धनगढी

 दुवै मृगौला फेल भई उपचार गराइरहेका बझाङ केदारस्यू गाउँपालिका४ का भुवन मल्ललाई सेती माहाकाली प्रवाश सेवा समिति भारत अन्तरगत तामिलनाडु राज्य समितिले आर्थिक सहयोग गरेको छ ।

 मल्ललाई उपचारमा आर्थिक समस्या भएपछि सेती माहाकाली प्रवाश सेवा समिति भारत अन्तरगत तामिलनाडु राज्य समितिको अगुवाईमा ८३ हजार ७ सय ४० रुपैंया सङ्कलन गरी मृगौला पिडितकी श्रीमति अम्बिकासिंह मल्ललाई बुझाएको हो । सो रकम समितिका लागि नेपालमा रहेका सदस्य प्रकाश मल्लले धनगढीमा रहेकी पिडितकी श्रीमतिलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा  वकिल बाहादुर मल्ल, रमेश भण्डारी, मिन बाहादुर मल्ल र इन्द्र भन्डारी सहभागि रहेका थिए ।

 सहयोग रकम बुझ्दै पिडितकी श्रीमति अम्बिकासिंह मल्लले सवैलाई सक्दो आर्थिक सहयोग गरी उपचारमा सहयोग गरिदिन अनुरोध गरेकिछन् । परिवारको आर्थिक अवस्था कम्जोर हुँदा उपचारमा समस्या भएको छ उनले भनिन्–‘सवैले आआफ्नो तर्फबाट आर्थिक सहयोग गरेर मेरो श्रीमानको जीवन रक्षामा सहयोग गरिदिन अनुरोध गर्दछु ।

 मृगौला पिडित मल्ललाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले उनकै नाममा रहेको एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर ०११००५०१२३०४८६ मा जम्मा गर्न सक्ने उनले बताइन् ।

 सेती माहाकाली प्रवाश सेवा समिति भारत अन्तरगत तामिलनाडु राज्य समितिका अनुसार तामिललाडुमा काम गरिरहेका ७३ जना नेपाली श्रमिकले सो रकम सहयोग गरेका हुन् ।

 ‘मृगौला पिडित मल्लले आफु बाँच्न चाहने र सवैलाई आर्थिक सहयोगको अपिल गर्नुभएको थियो हाल तामिललाडुमै रहेका समितिका अध्यक्ष पदम प्रसाद भट्टले भने–‘उहाँको अनुरोध पछि हामीले आर्थिक सहयोग अभियान सञ्चालन चलाएका थियौं, यहाँ रहेका नेपालीहरुले सक्दो सहयोग गरेका छन् ।

 

 संकलित रकम नेपालमा पठाउन महेन्द्र मनि ट्रान्सफरका सञ्चालक महेन्द्र धामीले निशुलक सहयोग गरेका राज्य समिति सहसचिव ललित भन्डारीले बताए ।