धनगढी पोष्ट
शनिबार, ०४ बैशाख २०७८ मा प्रकाशित
धनगढी
सुदुरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ८९ जनाको परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही प्रयोगशाला शुक्रवार गरिएको परिक्षणमा समेत ३१ जनामा नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार संक्रमण भेटिएका ३१ जना मध्य १८ जना धनगढी उपमहामनगरपालिकाका रहेका छन् । धनगढीका ११ पुरुष र ७ महिलाम संक्रमण पुष्टि भएको हो ।
त्यस्तै घोडाघोडी नगरपालिकाका ३ पुरुष, भजनी नगरपालिकाका २ पुरुष र १ महिला गरि तीन जना, गोदावरी नगरपालिकाका २ पुरुषर १ महिला गरि तीन जना, गौरीगंगा नगरपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कन्चनपुरको बेदकोट नगरपालिकाका १ पुरुष, कृष्णपु नगरपालिकका १ पुरुष र छेडेदल गाउपालिका बाजुराका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।