धनगढी पोष्ट
शनिबार, ०४ बैशाख २०७८ मा प्रकाशित
धनगढी
बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायालाई हृदयघात भएको छ ।
शनिबार गौमुल गाउँपालिका–२ तल्दुगन गाउँमा पुुगेका रोकालाई स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले अध्यक्ष रोकायालाई हृदयघात भएको भन्दै थप उपचारका लागि अन्यत्रै लैजान सुझाव दिएको छ ।
जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर शेर बहादुर साउँदका अनुसार अध्यक्ष रोकायामा हृदयघातको समस्या देखापरेपछि थप उपचारका लागि काठमाण्डौं लैजान सुझाव दिइएको हो ।
डाक्टरको सल्लाह पछि रोकायालाई काठमाण्डौं लाजान हेलिकोप्टर मगाइएको बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।
अध्यक्ष रोकायालाई काठमाण्ठौं पु¥याउन सुर्खेत स्थित नेपाली सेनाको हेलिकप्टर प्रयोगका लागि गृह मन्त्रालय संग अनुमति मागिएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।