धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैशाखभरि मुख्य शहरी क्षेत्रका बिद्यालय बन्द गर्ने सरकारको निर्णय

सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शक सहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको छ ।

काठमाडौँ

सरकारले कैलाली सहित मुख्य शहरी क्षेत्रका बिद्यालयहरु बैशाख महिनाभरि बन्द गर्ने निर्णय गरेको कोभिडको संक्रमण बढ्न थालेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बिद्यालय तथा शैक्षिक संस्थाहरुमा जोखिम बढी देखिएको भन्दै बन्द गर्ने निर्णय गरेको हो

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिश अनुसारे मन्त्रीपरिषदले भर्चुअल माध्यबाट बिद्यालय सञ्चालन भने गर्नु पर्ने निर्णय समेत गरेको

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका बिद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय भएको बैठकपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार २५ जना भन्दा बढीको भेलामा पनि रोक लगाउने, भीडभाड हुने सबै सार्वजनिक क्षेत्र तथा व्यवसाय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शक सहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको

  यसअघि शनिबार कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल  कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेको थियो