धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

नेपालगन्ज उपमहानगरपालिकामा बुधबार रातिदेखि लकडाउन हुने

जिल्ला प्रशासन कार्यालय बाँकेले  वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म नेपालगन्ज लकडाउन हुने आदेश जारी गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा बुधबार रातिदेखि लकडाउन हुने

नेपालगन्ज

 बाँकेको नेपालगन्जमा आज (बुधबार) मध्यरातिबाट एक सातनका लागि लकडाउन हुने भएको तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालगन्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो

जिल्ला प्रशासन कार्यालय बाँकेले  वैशाख गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म नेपालगन्ज लकडाउन हुने आदेश जारी गरेको लकडाउन अवधिभर लामो दूरीका सवारी साधनदेखि मान्छे समेत सडकमा हिँडडुल गर्न पाउने छैनन् खाद्यान्न किनमेल गर्न अत्यावश्यक काममा हिँड्न भने पाइनेछ

बाकेका प्रमुख जिल्ला अधिकारी शिवराम  गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान देखि बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु हवाई सेवा सञ्चालन गर्न पाइने

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले लकडाउन पूर्ण रुपमा कडाई गरि अनुमति बाहेकका सबै कुराहरुमा पूर्णरुपमा रोक लगाईने बताए

यसअघि मङ्गलबार दिउँसो सर्वपक्षिय सर्वदलिय बैठकमा बाँके जिल्लामा कोरोना संक्रमणको साङलो तोड्न लकडाउन गर्नुपर्ने छलफल भएको थियो बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको लकडाउन बाहेक अर्को विकल्प नभएको सर्वपक्षिय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहीबारदेखि लकडाउन हुने यो सूचना बाहिर लगिदिन भनेका थिए पहिलो चरणमा एक साता लकडाउन गरिने त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए