धनगढी पोष्ट
शुक्रबार, ०५ असार २०७७ मा प्रकाशित
धनगढी
कोरोनाको जोखिम बढेपछि डडेल्धुराको जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी अमरगढी नगरपालिका अनिश्चिकालका लागि सिल गरिएको हो ।
डडेल्धुराको गन्यापधुरा नगरपालिका सिल गरिएको दोश्रो दिन अमरगढी नगरपालिका पनि सिल गरिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गन्यापधुरा गाउँपालिकाले बिहीबारदेख एक साताका लागि नगरपालिका सिल गरेको थियो ।
अमरगढी नगरपालिकामा ४ जना मात्रै कोरोना संक्रमित पत्ता लागेको सील गरि हाल्नु पर्ने अवस्था नभए पनि नजीकका पालिकाहरुमा बढेकेो संक्रमणले प्रभाव पार्न सक्ने भएकोले सिल गरिएको मेयर बिशेश्वर प्रसाद ओझाले बताए ।
आफ्नो नगरपालिकामा संक्रमित थोरै संख्यामा पत्ता लागे पनि अन्य स्थानीय तहमा क्वारेन्टिइनबाट घर पठाइएका शंकास्पद संक्रमितहरु बजार घुम्न थालेपछि जोखिम बढेको मेयर ओझाले बताए ।
मेयर ओझाले प्रमुख बजारहरु बागबजार, तुफानडाँडा, किर्तिपुर, स्याउले, भात्काँडा, पोखरा सबै सील गरिएको जानकारी दिए ।
अमरगढी नगरपालिकासंगै जोडिएको गन्यापधुरा गाउँपालिकाले ५६ जनामा संक्रमण रहेको पत्ता लागेपछि शुक्रबार बिहान ११ बजेदेखि गाउँपालिका सील गरेको थियो ।
गन्यापधुरा गाउँपालिकाले एक हप्ताका लागि गाउँपालिका सील गरेको छ । अमरगढी नगरपालिकाले अनिश्चितकालका लागि सील गर्ने निर्णय गरेको मेयर आयोझाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्ला जोड्ने राजमार्ग डडेल्धुरा भएरै नै जाने गर्छन् । बजार सील गरेपछि अन्य जिल्लामा हुने आवागमनलाई असर नपार्न अमरगढी नगरपालिका क्षेत्र भरी गाडी रोक्न नपाउने गरी सञ्चालन हुन दिइने उनले बताए ।