धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

धनगढीका ८७ सहित १२८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा धनगढीस्थित कोभिड हस्पिटलमा १६ जना बिरामी भर्ना भएका छन् भने ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

धनगढीका ८७ सहित १२८ जनामा कोरोना संक्रमण

धनगढी

 सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका ८७ जना सहित  शय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको

  पछिल्लो २४ घण्टामा शय ८५ जनाको परिक्षण गरिएकोमा सबै  भन्दा बढी धनगढी उपमहानगरपालिकाका ५५ पुरुष ३२ महिला गरि ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलप श्रेष्ठले बताएका छन्

 सुचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका बाहेकको कैलाली जिल्लाका बिभिन्न पालिकाका महिला पुरुष गरि १८ जना कैलाली बाहेकका जिल्लाका महिला पुरुष गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको

  पछिल्लो २४ घण्टामा धनगढीस्थित कोभिड हस्पिटलमा १६ जना बिरामी भर्ना भएका छन् भने ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्