धनगढी पोष्ट
शुक्रबार, २४ बैशाख २०७८ मा प्रकाशित
धनगढी
नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् ।
धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख यादब गृह जिल्ला सप्तरीबाट बिहीवा धनगढी आइपुगेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
सोही दिन मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिबाट तत्कालिन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई हटाइएको थियो ।