धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

किसान सहकारीद्धारा अक्सिजन बैंकको स्थापना

व्यक्तिका लागि पहिलो आवश्यकता भनेकै जीवनको रक्षा हो । त्यसैले अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भनेर अक्सिजन बैंकको  स्थापना गरेका छौ : महाप्रवन्धक शाह

किसान सहकारीद्धारा अक्सिजन बैंकको स्थापना

धनगढी  ।  कोरोना संक्रमणको बढ्दो क्रमसँगै देखा परेको अक्सिजनको अभाव कमी  गर्न किसान सहकारी संस्था लिमिटेडले किसान अक्सिजन बैंकको स्थापना गरेको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको  किसान सहकारीले दश लाख रुपैयाँको बीउ पुजी स्थापना गरेर अक्सिजन बैंकको  स्थापना गरेको हो

 अहिले धेरै बिरामीहरुलाई अक्सिजनको आवश्यकता भैरहेको     सबै अस्पतालहरुमा अक्सिजनको अभाव भैरहेको किसान सहकारीका महाप्रवन्धक डम्बर बहादुर शाहले भने व्यक्तिका लागि पहिलो आवश्यकता भनेकै जीवनको रक्षा हो त्यसैले अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भनेर अक्सिजन बैंकको  स्थापना गरेका छौ.

   सहकारीले बीउ पुजीबाट कम्तिमा ४०  सिलिण्डर अक्सिजन खरिद गरेर  अक्सिजन बैंक स्थापना गरेको अक्सिज  आवश्यकता परेका  व्यक्ति अस्पतालहरुमा उपलव्ध गराइने

लम्कीमा अक्सिजन बैंकको अस्थापना भए पनि आवश्यकता परेका कैलाली कन्चनपुरका सबै स्वास्थ्यद संस्थाहरुमा उपलव्ध गराइने महाप्रवन्धक शाहले बताए अक्सिजन बैकको शुरुआत मात्र हामीले गरेका हौं यसमा सबै व्यक्ति सामाजिक संस्थाहरुको सहभागिताले यसलाई अघि बढाउनछौ.   

  अक्सिजन बैंकमा  सहभागिताका लागि किसान सहकारीले सार्वजनिक रुपमा नै आव्हान गरेको सहकारीद्धारा जारी गरिएको सुचनामा इच्छुक व्यक्ति संस्थाहरुले ग्लोबल आइएमइ बैंकको लम्की शाखामा रहेको खातामा  इसेवा मार्फत  सहभागिता हुन सक्ने जनाइएको

  महाप्रवन्धक शाहले सार्वजनिक उत्तरदायित्वको भावना अनुरुप अहिले अक्सिजन बैंकको स्थापना गरिएको कोरोनाको संक्रमण सकिएपछि पनि आवश्यकतका आधारमा अहिले स्थापना गरिएको कोषको रकमा सामाजिक काममा सदुपयोग गरिने बताए