धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले कोरोना जोखिममा

जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् ।

बैतडी । नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन्

  क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिऐ कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास सुरक्षाको दृष्टिकोणले पनि चुनौती उनले भने, बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको

  कारागारमा अहिले ३८ कैदी ३३ थुनुवा छन् भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको उनले भने, सङ्क्रमणको जोखिम बढ्दै गएको तर हालसम्म एक जनामा पनि सङ्क्रमण देखिएको छैन

कैदी तथा थुनुवालाई भेटघाट गर्न दिंदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको

(साभार : न्युज अफ नेपाल डटकम )