गृह मन्त्रालयले  बन्दाबन्दी सम्बन्धी सुरक्षा मापदण्ड जारी

राती १० बजेदेखि पैदल हिड्न समेत नपाइने

काठमाण्डौ

   सरकारले राति १० बजेदेखि बिहान बजेसम्म प्रदल हिंड्न निषेध गरेको कोरोना संक्रमण बढेपछि शुक्रबार गृह मन्त्रालयले  बन्दाबन्दी सम्बन्धी सुरक्षा मापदण्ड जारी गर्दै यस्तो निर्णय गरेको हो

  गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विहान बेलुकी भएको भीडलाई नियन्त्रण गर्नको लागि गृहले यस्तो निर्णय गरेको हो उनले बिहान मर्निङवाक वा अन्य कारणले बाहिर निस्कनेलाई नियम पालना गर्न गृहले आग्रह गरेको बताए   

   मापदण्डमा प्रशासनिक कार्य, ओहोरदोहोर, काम गर्दा अपनाउनु पर्ने सावधानी लगायत विषयलाई तोकिएको अधिकारीले  भने  ‘यस्तो नियम बन्दाबन्दीलाई सहजिकरण गर्नका लागि बनाइएको हो, सधै बन्द गर्नु नै यसको उपचार नभएकोले महामारी नफैलियोस् भन्ने यस्तो मापदण्ड तयार पारिएको हो

  अधिकारीका अनुसार सामाजिक दुरी कायम गर्ने, कार्यालय वा अन्य ठाउँमा काम गर्दा दुई मिटरको दुरी कायम गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा पालना गर्ने, अनावश्यक भीड सिर्जना नगर्ने, १५ जना भन्दा बढी भेला नहुने, सांस्कृतिक परम्परा मनाउँदा ख्याल गर्नुपर्ने लगायत पक्षलाई समेटेर मापदण्ड बनाइएको तोकिएको मापदण्ड नमान्नेलाई कानुनी कारबाही गरिने पनि उक्त मापदण्ड पत्रमा उल्लेख