धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

भारतीय अभिनेत्री कङ्गनालाई कोरोना संक्रमण

अभिनेत्री रनौत आफैले आफुलाई सङ्क्रमण भएको इन्स्टाग्राम पोस्टमार्फत पुष्टि गरेकी छन् ।

भारतीय अभिनेत्री कङ्गनालाई कोरोना संक्रमण
तस्बीर : फाइल

काठमाडौँ । भारतीय अभिनेत्री कङ्गना रनौतलाई कोभिड १९ को सङ्क्रमण भएको समाचार एजेन्सी एएनआईले जनाएको अभिनेत्री रनौत आफैले आफुलाई सङ्क्रमण भएको इन्स्टाग्राम पोस्टमार्फत पुष्टि गरेकी छन् उनले यो सामान्य फ्लु रहेको यसलाई सहजै जित्नु पर्ने बताएकी छन्

योग गरिरहेको फोटो राख्दै उनले हर हर महादेव लेख्दै आफुलाई कोभिड १९ को सङ्क्रमण भएको बताएकी हुन् कङ्गना रनौत पछिल्लो समय चलचित्रको विषय भन्दा बढी राजनीतिक टिप्पणीका कारण बेलाबेलामा चर्चामा आउने गरेकी छन्