धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

किसान सहकारीले प्राप्त गरयो अन्तरराष्ट्रिय स्तरको स्मार्ट सर्टिफिकेट

सेवा प्रवाहका क्रममा सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेकोले अमेरिका स्थित स्मार्ट क्याम्पेनले किसान सहकारीलाई  ‘स्मार्ट सर्टिफिके (प्रमाणपत्र ) प्राप्त गरेको हो ।

किसान सहकारीले प्राप्त गरयो अन्तरराष्ट्रिय स्तरको स्मार्ट सर्टिफिकेट

धनगढी

  किसान बहुउद्देश्यीय सहकारी संस्थाले अन्तरराष्टिय स्तरको सदस्य सुरक्षण प्रमाणपत्र प्राप्त गरेको सेवा प्रवाहका क्रममा सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेकोले अमेरिका स्थित स्मार्ट क्याम्पेनले किसान सहकारीलाई  ‘स्मार्ट सर्टिफिके (प्रमाणपत्र ) प्राप्त गरेको हो

 अब किसानको अन्तरराष्ट्रिय मान्यता प्राप्त भएको किसान सहकारीका महाप्रवन्धक डम्बर बहादुर शाहले भने किसानले सदस्य उपभोक्ताहरुलाई प्रदान गरिरहेको गुणस्तरिय सेवाको अन्तरराष्टिय मान्यता प्राप्त भएको

   सदस्य सुरक्षणका लागि स्मार्टसर्टिफिकेट पाउने किसान सहकारी नेपालको पहिलो वित्तीय संस्था बनेको

  ग्राहक सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जालस्मार्ट क्याम्पियन ले संस्थालाई ग्राहक र सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो

    क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सिद्धान्त तथा १९२ मानङ्गकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तरराष्ट्रिय अभियानले ठहर गरेर सदस्य सुरक्षण प्रमाणपत्र गरेका किसानका  प्रोजेक्ट मेनेजर दिपक राज ढुङ्गानाले बताए

   सिद्धान्त अनुसार सहकारी संस्थाले सदस्यहरु अधिक कर्जाको भार पार्न नहुने, वित्तीय सेवाहरुको निर्माण, परिमार्जन तथा वितरणमा प्रभावकारी प्रक्रिया अवलम्बन गर्नु पर्ने, वित्तीय सेवाको मूल्य निर्धारण गर्दा जिम्मेवार हुनु पर्ने, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मूल्यबारे पारदर्शिता कायम गर्नु पर्ने, सदस्यहरुसँग सम्मानजनक व्यवहार गर्नु पर्ने, सदस्यका सूचनाहरु गोप्य राख्र्नु पर्ने, सदस्यका गुनासा सुन्ने चुस्त दुरुस्त संयन्त्र निर्माण गरि प्रभावकारी प्रयोग गर्नु पर्ने मापदण्डहरु पुरा गरेको ठहर गर्दै स्मार्ट क्यामपेनले सदस्य सुरक्षण प्रमाणपत्र प्रदान गरेको हो

   प्रोजेक्ट मेनेजर ढुंगानाका अनुसार यस प्रमाणपत्रको म्याद वर्ष रहनेछ वर्षपछि पुनःप्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्नेछ

सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो