धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा ६ जना र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दुई जना गरि ८ जना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत थप जनाको मृत्यु भएको यसरी ज्यान गुमाउनेमा बाँकेका एक जना बर्दियाका संक्रमित रहेका छन् 

जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी ) बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा जना कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दुई जना गरि जना संक्रमितको मृत्यु भएको हो

  डिसिसिएमसीका अनुसार नेपालगन्ज उपमहानगरपालिका का ५८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान बजे मृत्यु भएको अस्पतालले जनाएको वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते अस्पतालमा भर्ना भएका थिए

यस्तै बाँकेको जानकी गाउँपालिका की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि शनिबार बिहान साढे दश बजे भेरी अस्पतालमा मृत्यु भएको वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई २३ गते अस्पताल भर्ना गरिएको थियो

यसैगरी नेपालगन्ज उपमहानगरपालिका का ७४ वर्षीय पुरुषको शनिबार बिहान साढे दश बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए

यसअघि बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको थियो मृत्यु हुनेमा चार जना बाँकेका एक जना बर्दियाका हुन् बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन्

यसैगरी नेपालगन्ज उपमहानगरपालिका१० की ३८ वर्षकै अर्की महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान साढे चार बजे मृत्यु भएको

यस्तै नेपालगन्ज उपमहानगरपालिका बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी बजे नेपालगन्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको

यसैगरी बर्दियाको बढैयाताल घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ बजे भेरी अस्पतालमा मृत्यु भएको तेज ओलीले जानकारी दिए

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७७ पुगेको बाँके भन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३२ पुगेको